दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन

कञ्चनपुर – दोदा जलाधार क्षेत्रका सबै १० ओटा स्थानीय तहहरूले वृहत् छलफल गरी दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरेका छन् । कञ्चनपुरका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डडेलधुराका आलिताल गाउँपालिका र परशुराम नगरपालिका, कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिका तथा डोटीको जोरायल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख सहित सरोकारवाला पक्षहरूको भेलाले उक्त मञ्च गठन गरेको हो ।

maya metro hospital

विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तर स्थानीय तह स्तरीय संयन्त्र मार्फत सम्बोधन गर्न सोमबार र मंगलबार धनगढीमा दुई दिवसीय कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो ।

सोही गोष्ठी मार्फत शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको हो । उक्त मञ्चको उपाध्यक्षमा परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहरा, सचिवमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, कोषाध्यक्षमा चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापामगरलाई सर्वसम्मत चयन गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.