धनगढी – भुकम्प पीडितका लागि संकलित राहत एकद्वार प्रणालीबाट सुर्खेत पठाउने कैलाली प्रशासनले निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरी संकलन भएका राहत सामग्री तथा रकम ब्यवस्थित गराउनका लागी एकद्वार प्रणालीबाट जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेत मार्फत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको हो ।
बैठकले भुकम्पका कारण क्षति भएको क्षेत्रका लागि जिल्लामा राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनले भने ‘कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पमा परी प्रभावित भएका भुकम्प पीडितहरुलाई उपलब्ध गराउने गरी राहत संकलन गर्न स्थानीय तह, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, होटल व्यवसायी संघ, विभिन्न संघसंस्था लगायत सम्बद्ध सबै सरोकारवालाई अनुरोध गरी नेपाल रेडक्रस सोसाइटी धनगढी मार्फत राहत संकलनको अभियान संचालन गर्ने निर्णय भएको छ ।’