नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई क्यानले ५० लाख दिने

नेपाल क्रिकेट संघ (क्यान) को आज सम्पन्न केन्द्रीय कार्य समिती बैठकले आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान बनाएको नेपाली टोलीलाई ५० लाख दिने निर्णय गरेको छ ।

maya metro hospital

क्यानले सन् २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा संचालन हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि छनौट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

त्यस्तै मलेशियामा सम्पन्न एसिसी मेन्स प्रिमियर कप विजेता युवा टोलीलाई समत नगद पुरस्कार दिने निर्णय गरेको छ । प्रतियोगितामा विजयी भई यही जनवरी २०२४ मा संचालन हुने यू–१९ एसियाकपमा छनोट हुन सफल भएको युवा टिमका सम्पूर्ण सदस्यलाई प्रोत्साहनस्वरुप जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरेको हो ।

attariya hospital

हङकङले नोभेम्बर १५ देखि १९ सम्म गर्ने प्रतियोगितामा महिला टोलि पठाउने निर्णय समेत गरेको छ । ४ राष्ट्र समिलित महिला क्रिकेट हङकङ वुमेन्स टी –२० सिरिजका लागि निमन्त्रणा प्राप्त भएको भन्दै क्यानले महिला टोलिलाई त्यसतर्फ पठाउने जनाएको हो ।

त्यस्तै एसिया क्षेत्र छनोटको फाईनल खेलमा बिक्री भएको टिकटबाट संकलित कुल रकमको ५० प्रतिशतले हुन आउने रकम हालै जाजरकोटमा गएको भूकम्पबाट पीडितहरुको उद्धारको लागि सहयोग स्वरुप उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.