आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुदै

आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुदैछन् । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् । यो खेल अपराहन्न २: १५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ ।

maya metro hospital

भारतमा आयोजना भइरहेको यो विश्वकपमा विश्वका १० देशले भाग लिएका छन् । आजदेखि शुरु भएर फाइनल खेल नोभेम्बर १९ मा हुने छ । नेपाल भने यस विश्वकपमा छनौट हुन असफल भएको थियो ।

joshi vada pasal 2

विश्वकप खेल्ने देशमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकप खेल्दै छन् ।

१० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्ने छन् । समुह चरणको खेलपछि शिर्ष चार देश सेमिफाइनलमा खेल्ने छन् । समुह चरणमा कुल ४५ खेल हुने छन् ।

यो विश्वकप भारतका १० स्टेडियममा हुदै छ । जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुने छन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५-५ खेल हुने छन् । त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुने छन् । त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुने छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.