चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा अफगानिस्थानले श्रीलंकालाई ८ रनले पराजित गरेको छ ।

क्वार्टरफाइलमा ११७ रनको लक्ष्य पाएको श्रीलंका १९.१ ओभर खेलेर १०८ रनमा अलआउट भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभर खेलेर ११६ रन बनाएको थियो ।

अफगानिस्तानका नुर अलि जादरनले ५१ रन बनाए भने साहिदुल्लाले २३ र मोहम्मद सहजादले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका बलर एन तुसाराले ४ विकेट लिए ।
११७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १०८ रन मात्रै बनाउन सक्यो । बलिङमा अफगानिस्तानका गुलबदिन र अहमदले समान ३÷३ विकेट लिए ।