राजधानी गोदावरीमा नै हुन्छः प्रदेशसभा सदस्य भट्ट

बैतडी – नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले स्थायी राजधानी गोदावरी नै हुने बताएका छन् ।

maya metro hospital

प्रेस सेन्टर नेपाल बैतडीले मंगलबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले सार्ने चर्चा चलेपनि सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नै हुने बताएका हुन् ।

joshi vada pasal 2

गत प्रदेश सभाले गोदावरीलाई स्थायी राजधानी बनाउने र अस्थायी राजधानी धनगडीमा राख्ने निर्णय गरेकाले अहिलेको सभाले निर्ण नगर्दा सम्म गोदावरी नै प्रस्तावित राजधानीको रुपमा रहेको उनको भनाई छ । ‘राजधानी गोदावरी नै हो, अहिलेको सभाले अर्को निर्णय नगर्दा सम्म गोदावरी प्रस्तावित राजधानीको रुपमा छ, प्रदेश सभाले नयाँ राजधानी राख्न चाहे नयाँ ठाउँमा पनि जान सक्छ, त्यो प्रदेश सभाको अधिकारको कुरा हो, नयाँ ठाउँ सार्ने जसरी चर्चा चलेको छ, त्यो होइन’ उनले भने।

पार्टीले सञ्चालन गरेको विशेष रुपान्तरण अभियानको आवधिक समिक्षा बैठकका लागि बैतडी पुगेका नेता भट्टले नयाँ ठाउँमा राजधानीका लागि मुख्यमन्त्री र कुनै दलका नेताले चाहेर नहुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.