बझाङ भुकम्प अपडेट : स्थानीय त्रसित, ठाउँठाउँमा घर भत्किए

बझाङमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन् । भुकम्पका कारण बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएको स्भने भने ग्रामिण क्षेत्रमा पनि घरहरु भत्किएको तस्विर सार्वजनिक भएका छन । क्षतिको एकिन विवरण भने प्राप्त हुन नसकेको प्रहरीको भनाइ छ ।

maya metro hospital

स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसेका छन ।

यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ।

attariya hospital

मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.