धनगढी – बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ४० मिनेटमा ५ दशमलव ३ म्याग्निच्युटको भुकम्प गएको हो ।

लगतै ३ बजेर ६ मिनेटमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पको धक्काको महसुस तराइका जिल्लामा पनि गरिएको थियो ।

भुकम्पको धक्का भारतको दिल्ली सम्म पनि महशुस गरिएको भारतीय संचारमाध्यमले बताएका छन ।
अपडेट : दोस्रो पटक चैनपुर केन्द्रबिन्दु भएर गएको भुकम्प ६.३ म्याग्निच्युड मापन