गोदावरी एमालेमा महाधिवेशन प्रतिनिधि चयनमा विवाद

अत्तरिया – नेकपा एमाले सुदुरपश्चिम प्रदेशको महाधिवेशनमा प्रतिनिभि चयनका लागि गोदावरी नगरपालिकामा विवाद भएको छ । १४ नजा प्रतिनिधि चयनका लागि ३० जनाको उम्मेदवारी परेपछि विवाद भएको हो ।

maya metro hospital

प्रतिनिधिका लागि पार्टीभित्रका केही अग्रज नेताहरुकै रहोवरमा उम्मेदवारी दिएका ३० जनाबिच छलफल गरेर सहमती गराउने प्रयास गरिएपनि सहमती हुन नसक्दा विवाद आएको बताईएको छ । सहमती हुन नसक्दा प्रतिनिधि चयनका लागि निर्वाचन प्रकृया सुरु गरिएको थियो । गोदावरी एमालेमा बिगत देखि देखिएको दुई गुटमा आपसी सहमती नहुँदा प्रतिनिधि चयनको कार्य निर्वाचन प्रकृयामा गर्ने निर्णय भएको एमाले गोदावरीले जनाएको छ । तर निर्वाचन प्रकृयामा आफुहरु सहभागी नहुँने भन्दै एमालेको एउटा गुट मतदानस्थलबाट निस्किएको छ ।

joshi vada pasal 2

पुर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य आनन्द भट्ट पक्षका उम्मेदवारहरु आफु निर्वाचनमा भाग नलिने भन्दै बाहिरिएका हुन । जिल्ला कमिटि सदस्य भट्टले पार्टीभित्र सहमतीका लागि आफुहरुले निर्वाचनमा भाग नलिएको बताए । ‘१४ जनाका लागि ३० जनाको उम्मेदवारी परेको थियो’ उनले भने ‘पार्टिभित्र सहमती होस भन्ने चाहेर हामी १६ जना ब्याक भएका हौ ।’ यद्दपी निर्वाचनमा भने भट्ट पक्षका कुनै पनि व्यक्तिहरुको उपस्थिति छैन ।

यता नगर अध्यक्ष गोकर्ण भट्ट र प्रदेश सदस्य हरि सिँ साउँद पक्षीय टिमले प्रतिनिधि चयन का निर्वाचनमा जाने भन्नै मतदान प्रकृयामा भाग लिएको छ । उक्त पक्षले आपसी छलफलमा सहमती नभएपछि प्रतिनिधि छनौटका लागि निर्वाचनमा जानुपरेको बताएको छ । नगरअध्यक्ष गोकर्ण भट्टले छलफलमा सहमती नहुँदा निर्वाचन प्रकृयामा भाग लिएको बताएका छन । उनले अर्काे पक्षले हार्ने डरले निर्वाचनमा भाग नलिएको बताए ।

‘हिजो सम्म सहमतीको लागि प्रयास भएको हो तर सहमतीमा उहाँहरु आउनुभएन’ उनले भने ‘अनि आज जब हार्ने जस्तो देखे त्यसपछि निर्वाचनमा भाग नलिने भनेर जानुभएको हो’ उनले निर्वाचनका लागि ३० जनाले नै उम्मेदवारी दिएकाले निर्वाचन प्रकृया सुरु भएको बताए । उनले निर्वाचन प्रकृया चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.