बैतडी – बैतडीको झुलाघाटको एक होटलमा पुरुषको शव फेला परेको छ । बझाङको छबिस पाथिभेरा गाउँपालिका –७ बुडखोरिका अन्दाजी ३३ वर्षीया हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो ।

गए राती साढे २ बजेको समयमा झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।