अत्तरिया – डेउडा संस्कृति संरक्षण प्रतिष्ठानको प्रथम बार्षिक साधारणसभा गोदाबरी नगरपालिकाको लालपुरमा सम्पन्न भएको छ । साधारणसभाको एक भब्य समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि एंव सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले उद्घाटन गरेका थिए ।

बार्षिक साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष रत्ना भण्डारीले ६ लाख २३ हजार ५.सय बराबरको आय र ५ लाख ८८ हजार ३५५ बराबरको ब्यय सहितको बार्षिक लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जोशी, गोदाबरी नगरपालिका वा नम्बर ६ का अध्यक्ष जग्गुराम चौधरी,दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्र बहादुर ऐर, मानवअधिकार संरक्षण मंच नेपालका प्रदेश सचिब राजेन्द्र रैका, सुदूरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु,लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका कलाकारहरुले डेउडा,नृत्य,कबिता,गित लगायतका प्रस्तुतिहरू राखेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एंव साँस्कृतिक अभियन्ता ध्रुब बहादुर सिँहको अध्यक्षतामा सम्पन्न भएको थियोे ।