अत्तरिया – आज विश्व अहिंसा दिवस मनाइँदै छ । विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै २ अक्टुबरका दिन विश्व अहिंसा दिवस मनाइँदै आएको छ । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले भारत स्वतन्त्रतामा योगदान पु-याएका महान व्यक्तित्व महात्मा गान्धीको जन्मोत्सवको अवसर पारेर २ अक्टुबरलाई विश्व अहिंसा दिवस घोषणा गरेको थियो ।
विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।