बैतडी – बेतडीको सिगास गाउँपालिकाका जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । जेष्ठ नागरिक दिवसको अवसरमा सम्मान स्वरुप ९ ओटै वडाका ९० जना जेष्ठ नागरिकहरुलाई एक÷एक न्यानो कम्बल वितरण गरिएको हो ।

आइतबार प्रत्येक वडाहरु मार्फत कम्बल वितरण गरिएको गरेको गाउँपालिकाका प्रवक्ता अम्मरसिंह धामीले जानकारी दिए । उनले पालिकाको बजेटबाट जेष्ठ नागरिकहरुलाई चिसो छेक्न सहज होस भनेर कम्बल वितरण गरिएको बताए ।
