कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढी – प्रहरीले कैलाली र कञ्चनपुरमा भन्सार छलीका लाखौंका सामान बरामद गरेको जनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाहराबाट अन्दाजी १९ हजार ७ सय मूल्य बराबरको चिनी, सोडा, मिठाई, चकलेट लगायतका सामानहरु शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

maya metro hospital

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० बिद्युत कार्यालय अगाडिबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको कपडा, ब्लुटुथ स्पिकर, प्लाष्टिकको कुर्ची लगायतका सामान र गड्डाचौकीबाट अन्दाजी १० लाख ६७ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा, सर्टको कपडा, ट्रेक सुट, जिन्स पाईन्ट, लेडिज सुट, मोबाइल कभर, चप्पल लगायतका सामान शनिवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

joshi vada pasal 2

यसरी नियन्त्रणमा लिइएक भन्सार छलिका सामानहरुलाई प्रहरी आइतबार भन्सार कार्यालय बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.