थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर विजयी

धनगढी – थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी विजयी भएका छन् । नागरिक समाजका अगुवा दिलबहादुर चौधरीलाई तीन मतले पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन् ।

maya metro hospital

विजयी भएका चौधरीले १५३ र पराजित दिलबहादुर चौधरीले १५० मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले दुई मत प्राप्त गरे ।

joshi vada pasal 2

त्यस्तै, उपसभापतिमा १८७ मत पाएर चुनीराम चौधरी र १५६ मतका साथ लक्ष्मण चौधरी विजयी भएका छन् । तीन जना उपसभापति रहने व्यवस्था रहेकोमा एक जना महिला हुनुपर्दछ । महिला उपसभापतिमा सुस्मिता चौधरी यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।

सचिवमा १६० मत ल्याएर बुधराम चौधरी विजयी भएका छन् । अधिकारकर्मी वसन्ती चौधरीलाई पराजित गरी उनी विजयी भएका हुन् । पराजित चौधरीले १४३ मत प्राप्त गरे ।

यस्तै, सहसचिवमा १५२ मत प्राप्त गरेर विनोद चौधरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी रतन चौधरीले १२८ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा १६१ मत प्राप्त गरेर दीव्यप्रयासी चौधरी विजयी भएका छन । उनका उनका प्रतिद्वन्द्वी सुनीता चौधरीले १३६ मत प्राप्त गरे ।

यसअघि असोज ६ गते सभाको नवौं अधिवेशन उद्घाटन गरिएको थियो । अधिवेशनको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि आकाङ्क्षी बढी भएपछि निर्वाचन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.