रोयल्टीमा पुनरावलोकन गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र

अत्तरिया – नदीजन्य पदार्थको रोयल्टी शूल्कमा भएको वृद्धिको पुनरावलोकन गरिनुपर्ने भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाईएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका हुन ।

maya metro hospital

मुल्यवृद्धि भएसँगै नागरिकहरुलाई नदीजन्य पदार्थका लागि समस्या भएकाले दररेटको पुनरावलोन गर्न मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाईएको उनले बताए । गतवर्षको भन्दा दोब्बरले नदीजन्य पदार्थको रोयल्टी शुल्क बढाईदा नागरिकलाई आर्थिक भार पर्न थालेकाले कार्यपालिकाबाट नदीजन्य पदार्थको मुल्यमा पुनरावलोकन गरिनुपर्ने निर्णय गरिएको उनले बताए ।

joshi vada pasal 2

‘गत वर्षको भन्दा दोब्बरले रोयल्टी शुल्क बढाईएको छ, यसले ट्याक्टर व्यवसायी मात्रै नभई आम सर्वसाधारणलाई समेत समस्या भयो’ उनले भने ‘त्यसैले कार्यपालिका बैठकबाट निर्णय गरेर मुख्यमन्त्रीज्यू समक्ष ज्ञापन पत्र बुझाएका हौ ।’

नदीजन्य पदार्थको रोयल्टी शुल्क प्रदेश सरकारले नै तोक्ने गरेको छ । गत वर्ष रोयल्टी शुल्क वाफत रु. १२० तोकिएको थियो भने चालु आर्थिक वर्षका लागि उक्त रकम बढाएर २४० पु¥याईएको छ । जसले गर्दा आम सर्वसाधारणलाई नदीजन्य पदार्थको प्रयोगका लागि विगतको भन्दा दोब्बर रकम तिर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.