अत्तरिया – एमनेष्टी इन्टरनेशनल नेपाल शाखा अन्तरगतको समुह नं. ७१ अत्तरिया कार्यसमितिको संयोजकमा पुनः ललन प्रसाद चौबे चयन भएका छन । शनिबार आयोजित एमनेष्टी अत्तरियाको तेस्रो साधारण सभा तथा अधिवेशनले चौवेलाई पुनः समितिको संयोजक चयन गरेको हो ।

साधारण सभाले चौबेको संयोजकत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको सह संयोजकमा बसन्ती भट्ट, सचिवमा ठक्करबहादुर बोहरा, कोषाध्यक्षमा बंशिराम चौधरी र सहसचिवमा चित्रा खड्का चयन भएका छन । यस्तै कार्यसमितिको सदस्यहरुमा दिपक मडै र रुकमणी कुमारी भण्डारीलाई चयन गरिएको छ ।

साधारण सभाले नविन्दु लालकर्णको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा भीम बहादुर कामी, टेकराज भट्ट, डा. संजेश कुमार सिँह र रिता कुमारी मल्ल रहेका छन ।
संयोजक चौबेको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि एमनेष्टी इन्टरनेशनल नेपाल नेशनल बोर्डका अध्यक्ष विपिन बुढाथोकी रहेका थिए भने विशिष्ठ अतिथिमा दुर्गालक्ष्मी नमुना मा.वि का अध्यक्ष गणेश शाह रहेका थिए । साधारण सभामा विभिन्न ६ वटा प्रस्तावहरुमाथी छलफल गरि पारित गरिएको थियो ।