धनगढी – कैलालीको धनगढीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । प्रदेश प्रमुख कार्यालय नजिकै से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका – १३ का १८ वर्षीय अनिल कुवर गम्भिर घाइते भएका हुन ।

घाइते कुँवर नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
