धनगढी योग शिविर सुरू

धनगढी – धनगढी उपमहानगरपालिका – ११ मा पाँच दिने योग शिविर सुरू भएको छ । शनिबारबाट वडा कार्यलय प्राङ्गणमा योग शिविर सुरू भएको हो ।

maya metro hospital

पाँच दिनसम्म चल्ने योग शिविरको आयोजना ११ नम्बर वडा कार्यालयले गरेको हो भने सहयोग पतञ्जलि योग समिति कैलालीको रहेको छ । वडा अध्यक्ष रुपकबहादुर कुँवरको अगुवाइमा वडा सदस्यहरू र अन्य वडावासी योग शिविरमा सहभागी भएका छन् ।

joshi vada pasal 2

पहिलो दिन ३७ जना स्थानीयको सहभागिता रहेको थियो भने आइतबारबाट अझै संख्या बढाउने अध्यक्ष कुँवरले बताएका छन् । उनले स्थानीयलाई नियमित योगाभ्यास गर्न उत्प्रेरित गर्न पाँच दिने शिविर आयोजना गरेको बताए ।

योग शिविरमा पतञ्जलि योग समिती कैलालीका अध्यक्ष श्यामराज श्रेष्ठ, जिल्ला युवा प्रभारी सुवास बमसहित ८ जना योग गुरु र योग सह–शिक्षकहरूले स्थानीयलाई पाँच दिनसम्म योग प्रशिक्षण गराउने छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.