नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कैलाली क्षेत्र नं. ४ को अध्यक्षमा तामाङ्ग

अत्तरिया – नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कैलाली क्षेत्र नं. ४ को अध्यक्षमा शेरबहादुर तामाङ्ग चयन भएका छन । महासंघको कैलाली जिल्ला भेलाले तामाङ्गलाई अध्यक्षमा चयन गरेको हो ।

maya metro hospital

 

joshi vada pasal 2

अध्यक्षमा चयन भएका तामाङ्गले शुक्रबार आफु मातहतको क्षेत्रिय समिति चयन गरेका छन । जसको उपाध्यक्षमा अनिता थापा, सचिवमा हेमन्त गुरुङ्ग, सहसचिवमा कलसी घर्तिमगर चयन भएकी छन भने सदस्यहरुमा युवक लामा, अमृता देवी नाम्जाली र गणेश दरलामी मगर चयन भएका छन । जम्मा १३ सदस्यीय हुने समितिका बाकि रहेका पदहरुमा पुनः पदाधिकारी चयन गरिने अध्यक्ष तामाङ्गले बताए ।

उनले आफु मातहतको कार्यसमिति मात्रै नभई गोदावरी नगरसमिति सभापति र चुरे गाउँसमिति सभापति पनि चयन गरेका छन । गोदावरी नगरसमितिको सभापतिमा लव बहादुर तामाङ्ग चयन भएका छन भने चुरे गाउँसमितिको सभापतिमा नरभुपाल बुढामगर चयन भएका छन । क्षेत्रिय कार्यसमितिले नगर तथा गाउँसमितिका सभापतिहरु मात्रै चयन गरेको हो । सभापति मातहतमा पदाधिकारीहरु स्वयम् सभापतिले नै चयन गर्ने महासंघका क्षेत्रिय सभापति तामाङ्गले बताए ।

एक कार्यक्रमका बिच चयन भएका पदाधिकारीहरुको सपथ ग्रहण समेत गरिएको थियो । अध्यक्ष तामाङ्गको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया (ललित) रहेका थिए भने विशिष्ठ अतिथिमा महासंघकी सुदूरपश्चिम इन्चार्ज धना देवी थापा, महासंघका प्रदेश अध्यक्ष गंगा बहादुर योञ्जन, कांग्रेस क्षेत्र नं. ४ का सचिव जयराज फुलारा र कांग्रेस प्देश सभा (क) सभापति गोपाल दत्त भट्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकायाले जनजातीहरुको एकरुपताले पार्टीलाई थप सहयोग पुग्ने बताए । उनले जनजाती समुहलाई पिछडीएको क्षेत्रका रुपमा हेरिने गरिएकोमा आगामी दिनहरुमा त्यस्तो रुपमा बुझ्न नहुने बताए । उनले पार्टीगत रुपमा पनि जनजाती क्षेत्रमा नेताकार्यकर्ताहरुको योगदान अतुलनीय रहेकाले आफुले पनि हरेक तवरबाट महासंघलाई सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.