अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । बुधबार मंगोलियाविरुद्धको खेलमा २७४ रनको कीर्तिमानी जितपछि नेपालको वरीयतामा सुधार गरेको हो ।

आइसिसीले शुक्रबार गरेको अपडेटअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा कायमै छ । यस्तै, इंग्ल्याण्ड दोस्रो र न्यूजिल्याण्ड तेस्रोमा छ ।

चौथो, पाँचौं, छैटौँ, सातौं र आठौंमा क्रमशः पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र श्रीलंका हुँदा नवौं, दशौं, एघारौं, बाह्रौं र तेह्रौं स्थानमा क्रमशः बंगलादेश, अफगानिस्तान, जिम्बावे, आयरल्याण्ड र नामिबिया रहेका छन् ।
यस्तै, १४औँ र १५औँ स्थानमा क्रमशः स्कटल्याण्ड र नेदरल्याण्ड्स, १७औँ स्थानमा यूएई, १८औँमा पपुवा न्यूगिनी, १९औँमा क्यानडा तथा २०औँ स्थानमा ओमान रहेका छन् ।