अत्तरिया – कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भित्र्याइएको सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका – ६ सुकाशालबाट अवैध रुपमा भन्सार छली गरी ल्याएको करिब साढे ३ लाखको बेवारिसे सामान बरामद गरेको हो ।

प्रहरीले अवैध रुपमा भित्र्याइएको चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायत ३ लाख ४६ हजार ५६५ रुपैयाँ बराबरको सामान बरामद गरिएको जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि शुक्रबार भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।