छाडाचौपाया व्यवस्थापनका लागि भारतको राजस्थानमा रहेको गौशालाको अवलोकन

अत्तरिया – छाडा पशुचौपायाहरुको व्यवस्थापनका लागि भारतमा रहेको गौशालाको अवलोकन गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका प्रवत्ता एवम् वडा नं. ५ का वडाध्यक्ष विष्णु भाट, वडा नं. १ का वडाध्यक्ष डबल दियाकोटी, चुरे गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष खगेन्द्र खडायत, नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति ललित रोकाया, कांग्रेस नेता सिपी सापकोटालगायतको टोलीले गौशालाको अवलोकन गरेको हो ।

maya metro hospital

भारतको राजस्थानमा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा सञ्चालित गौशालामा उक्त टोलीले अवलोकन गरेको थियो । नगरमा रहेका छाडा पशु चौपायाहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन गौशालाको अवलोकन गरिएको गौरीगंगा नगरपालिकाका प्रवत्ता विष्णु भाटले बताए ।

joshi vada pasal 2

उनले छाडा पशु चौपाया देशकै विकराल समस्याका रुपमा देखिएकाले यसको निराकरण गर्न जरुरी रहेको बताए । उनले नगरबाट छाडा चौपायाहरुको व्यवस्थापनका लागि लाखौ रकम विनियोजीत भएपनि समस्या समाधान हुन नसकेको बताए । ‘हामी भारतमा घुम्न गएका थियौ’ उनले भने ‘तर छाडा पशु चौपाया समस्या भोगिरहेका हामीहरुले गौशाला देखेपछि त्यसको बारेमा जानकारी लिन अवलोकन ग-यौ ।’ उनले अवलोकनबाट छाडा चौपायाको व्यवस्थापनका बारेमा धेरै कुराहरु सिक्न पाईएको बताए ।

टोलीमा रहेका नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रिय सभापति ललीत रोकायाले गौशालाको अवलोकनबाट केही हदसम्म पशु चौपायाहरुको व्यवस्थापनको बारेमा जानकारी पाईएको बताए । ‘अवलोकनबाट पशुचौपायाहरुको व्यवस्थापनको बारेमा केही जानकारीहरु पाईयो । व्यवस्थीत गौशाला बनाई छाडाचौपायाहरु त्यहाँ राख्ने वातावरण सृजना गर्न जरुरी छ । छाडाचौपायालाई आम्दानीको स्रोत समेत बनाउन सकिन्छ भन्ने कुरा देखियो ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.