डोटीमा जिपबाट खसेर घाइते भएकी महिलाको मृत्यु

डोटी – डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका–१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको हो ।

maya metro hospital

आदर्श गाउँपालिकाबाट दिपायल तर्फ जाँदै गरेकोे सोहि पालिका–६ का टेक लुहारले चलाएको सुदुरपश्चिम प्रदेश ०१–००१–३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोडमा खसेर गम्भीर घाइते भएकी थिइन्।

joshi vada pasal 2

घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारमा संलग्न डाक्टरले उपचार सम्भव नरहेको बताएपछि बुधवार मात्रै उनलाई घर लगिएको थियो। साउदको बिहिवार दिउँसो घरमै मृत्यु भएको हो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.