बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिएको छ । वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ ।

जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् ।