कैलालीबाट अवैध काठ वरामद
धनगढी – कैलालीबाट अवैध काठ वरामद गरिएको छ । सामुदायिक वनभित्र काटिएको सालका गोलिया वेवारिसे अवस्थामा फेला परेका हुन ।
प्रहरीका अनुसार कैलालीको कैलारी गाउँपालिका–६ वनकट्टास्थित मातृभूमि सामुदायिक वनभित्र वेवारिसे अवस्थामा सालको ६१.६५ क्युफिट काठ मंगलबार साँझतिर वरामद गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको गस्ती टोलीले ३ वटा गोलिया फेला पारी नियन्त्रणमा लिएर सबडिभिजन वन कार्यालय फूलवारीको जिम्मा लगाएको बताइएको छ ।