जित कुण्डो मार्सल आर्ट डोटीको अध्यक्षमा मल्ल चयन

अत्तरिया – जित कुण्डो मार्सल आर्ट संघ डोटीको अध्यक्षमा दिपेन्द्र मल्ल सर्वसम्मत चयन भएका छन ।

maya metro hospital

संघका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर चन्द को विशेष उपस्थिति र डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीको रहोबरमा बसेको भेलाले मल्लको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

joshi vada pasal 2

भेलाले संघको उपाध्यक्षमा विरेन्द्र सिँह धामी, सचिवमा महेश मल्ल र कोषाध्यक्षमा पुजा विष्टलाई सर्वसम्मत रुपमा चयन भएका छन । यसैगरी समितिको सदस्यहरुमा सुरेश रावल, टेकेन्द्र बहादुर रावल, चन्द्रा कुमारी गुरुङ, धर्मेन्द्र मल्ल र दिनेश नेपाली चयन भएका छन ।

जिल्लामा रहेका जित कुण्डो मार्सल आर्ट खेलाडी तथा खेलसँग सम्बन्धीत व्यक्तिहरुको भेला बसेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.