खाेज्नुहाेस

गाडीको ठक्करबाट बैतडीमा सशस्त्र प्रहरी हवल्दारको  मृत्यु

Image

बैतडी – बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका- ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार नरेन्द्र सिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो।

navjiwan hospital

मंगलबार राति दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका- ८ को हरिचन मोड नजिकै गाडीको ठक्करबाट ४० वर्षीय महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। घर नजिकैको बजार खोडपेबाट पैदल यात्रागरी घरतर्फ गइरहेका महरलाई गाडीले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्युभएको उनले बताए। कुन गाडीले ठक्कर दिएको हो भन्नेबारे खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

attariya hospital

आफन्तले भने दोषी पत्ता नलागेसम्म शव नउठाउने बताएका छन्। मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्। अहिले राजमार्ग अवरुद्ध बनेको प्रहरीले बताएको छ। मृतक महराको श्रीमती, एक छोरा र एक छोरी छन्।