धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मंगलबार प्रदेश प्रमुख देवराज जोशीले जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकारको रुपमा रहने व्यवस्था छ ।नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय थिए ।
















