खाेज्नुहाेस

गोदावरी होटल व्यवसायी संघले तेश्रो अधिवेशन गर्दै

Image

अत्तरिया – गोदावरी होटल व्यवसायी संघले चुनावी साधारण सभा गर्ने भएको छ । यही असोज २० गते संघले साधारण सभा गर्ने भएको हो । संघले छैठौ साधारण सभा र तेश्रो अधिवेशन गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

navjiwan hospital

पत्रकार सम्मेलनमा बोल्दै संघकी अध्यक्ष धना चोखालले साधारण सभाको बारेमा संघका सम्पुर्ण सदस्यहरुलाई जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको बताईन । उनले संघले अधिवेशनमार्फत नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले सबै सदस्यहरुको उपस्थिति हुन जरुरी रहेको बताईन ।

attariya hospital

‘प्रत्येक वर्ष हामीले साधारण सभा गर्ने गरेका भएपनि चुनावी अधिवेशन भने तेश्रो हो’ उनले भनिन् ‘यसमा हामीले नेतृत्व चयन पनि गर्छाै र अन्य विविध विषयमा पनि छलफल हुन्छ ।’ २०७४ सालमा स्थापना भएको संघमा हाल साढे ४ सय सदस्य रहेको अध्यक्ष चोखालले बताईन ।