खाेज्नुहाेस

पुर्चौडीमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य सुरु

Image

बैतडी – बैतडीको पुर्चौडीमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य सुरु गरिएको छ । राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि पुर्चाैडीमा स्थायी स्टेशन स्थापना गरी दर्ता कार्य सुरु गरिएको हो ।

navjiwan hospital

मंगलबारबाट पूर्चौडी नगरपालिका– १ हाँट स्थित इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि स्थायी स्टेशन स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिए ।

attariya hospital

पूर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमको उपस्थितिमा मंगलबार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य शुभारम्भ गरिएको हो । पुर्चाैडीमै राष्ट्रिय परिचय पत्रको विवरण संकलन हुन थालेपछि पुर्चाैडी नगरबासीको सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।