डोटीमा ‘ईश्वरी–गणेश–पशुपति’ अक्षयकोषको स्थापना

 

डोटी – छोराको ३३ औँ जन्मदिनको अवसर पारेर जोरायल गाउँपालिका – ३ बरमका समाजसेवी ईश्वरीदत्त जोशीले अक्षयकोष स्थापना गरेका छन । उनले आफ्ना बुवा स्व.गणेशदत्त जोशी र स्व.बाजे धनञ्जय जोशीको पुण्य स्मृतिमा जोरायल गाउँपालिका – ३ स्थित शिवपुर माविमा एक लाख पाँच हजार बराबरको ‘ईश्वरी–गणेश–पशुपति विद्यालय हित अक्षयकोष’स्थापना गरेका हुन । जोशीले अक्षयकोषको रकम सोमबार चेक मार्फत विद्यालयलाई हस्तान्तण गरेका थिए ।

maya metro hospital

उक्त रकमबाट प्राप्त हुने वार्षिक व्याजबाट सो विद्यालयमा अति विपन्न एवम् सिमान्तकृत परिवारका विद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामग्रीहरु खरिद गरी वितरण गरिने जनाइएको छ ।

जोरायल गाउँपालिका – ३ का वडा अध्यक्ष नविन ओझाको सभापतित्वमा भएको अक्षयकोष हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिमा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा रहेकी थिइन । विशिष्ट अतिथिमा जोरायल गाउँपालिकाका शिक्षा युवा तथा खेलकुल शाखा प्रमुख तेजबहादुर खत्री रहेका थिए ।

attariya hospital

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय जनप्रतिनिधिहरु, सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरु तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो समारोहमा उक्त अक्षयकोषका संस्थापक पं ईश्वरी दत्त जोशीकी धर्मपत्नी ५३ वर्षिय पशुपति देवी जोशीद्वारा जोरायल गाउँपालिका – ३ स्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा एक लाख पाँच हजार बरावरको ‘ईश्वरी–गणेश–पशुपति स्वास्थ्य कल्याणकारी अक्षयकोष’ नामक अर्को अक्षयकोष स्थापना गरिएका छ । पशुपति देवी जोशी विगत २०५० सालदेखि महिला स्वास्थ्य स्वयम् सेविकाका रुपमा कार्यरत छिन ।

उक्त रकमबाट प्राप्त हुने वार्षिक व्याजबाट जोरायल गाउँपालिका – ३ चनकट्टे स्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको तर्फबाट विपिन्न, अनाथ र असहाय दिन–दुःखीहरु बिरामीहरु र विपन्न एवम् सिमान्तकृत परवारका सुत्केरी महिलाहरुको उपचारमा आर्थिक सहयोग गरिने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.