बास्केटबलमा नेपाल जापानसँग पराजित

चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला यू–२३ थ्री बाई थ्री बास्केटबलमा सोमबार नेपाली टोली पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ अंकले पराजित गर्‍यो ।

maya metro hospital

नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान दुई–दुई स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।

समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि रहेका छन् । प्रतियोगितामा नेपालले बुधबार काजाकिस्तानसँग र शुक्रबार ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.