गोदावरी नगरपालिकाले रोजगारीका लागि परामर्श दिने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले रोजगारीको लागि परामर्श दिने भएको छ । नगरपालिकाले छुटै सेवा केन्द्र मार्फत रोजगारीका लागि परामर्श दिने भएको हो ।

maya metro hospital

सेवा केन्द्र मार्फत आन्तरिक तथा वैदेशिक रोजगारी तथा स्व–रोजगारमूलक अवसरहरुको खोजी तथा सीपमुलक तालिम सम्बन्धी सूचना, परामर्श तथा जानकारी लिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताएका छन ।

सेवा केन्दमा आफूसंग भएको सीप क्षमताको उजागर गर्न दक्ष व्यक्तिको सूचिमा सुचिकृत हुन समेत नगरपालिकाले आग्रह गरेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.