सुदूरपश्चिमका बिभिन्न मन्त्रालयको सचिव हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

 

सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सचिव हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । विभिन्न मन्लायको सचिव तथा मन्त्रीको स्वकीय सचिव तथा कार्यालय प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

कालीकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ खजुराका २९ वर्षीय सेजुवाललाई ठगीको आरोपमा पक्राउ गरिएको कैलालीका डीएसपी कुलदिप चन्दले बताए ।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर उनले ठगी गर्दै आएको उजुरी परेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.