बाजुरामा मिनी ट्रक दुर्घटना हुँदा तीन जना घाइते

बाजुरा – सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन । जगन्नाथ गाउँपालिका–३ कर्णाली करिडोर अन्तर्गत बेर्नामा मिनी ट्रक दुर्घटनामा हुँदा ३ जना घाइते भएका हुन ।

maya metro hospital

सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेशको ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक जगन्नाथ गाउँपालिकाको बेर्मा बजार नजिकै दुर्घटना भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले बताइएको छ।

दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका–४ का करिब ३६ वर्षीय देवीराम सिजापती, सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का करिब १८ वर्षीय अर्जुन विक र जाजरकोट बिरेन्द्र नगर नगरपालिका–१२ का करिब २२ वर्षीय मोहन घर्तीमगर घाइते भएका छन्। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.