ह्याण्डबलमा नेपाल चीनसँग पराजित

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली महिला ह्याण्डबल टोली आफ्नो पहिलो खेलमै पराजित भएको छ । आयोजक चीनले नेपाललाई ५७—१० स्कोरले पराजित गरेको हो ।

maya metro hospital

चीनले खेलको पहिलो हाफमा २९—५ ले अग्रता लिएको थियो । समूह ‘बी’ मा रहेको नेपाली टोलीले अब बुधबार जापानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल शुक्रबार हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल शनिबार भारतसँग खेल्नेछ ।

आइतबार भएको समूह ‘बी’ कै अर्को खेलमा जापानले हङ्कङलाई ३८—१० ले हरायो । महिलातर्फको समूह ‘ए’ अन्तर्गतको खेलमा कजाकस्तानले थाइल्यान्डलाई ४४—२० ले पराजित गर्‍यो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.