रोयल्टी संकलन गर्न गोदावरी नगरपालिकाद्धारा दोस्रो पटक बोलपत्र आह्वान 


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको बिक्री शुल्क (रोयल्टी) संकलन गर्नको लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ । नगरपालिकाले १ महिना समयावधि राखेर पहिलो पटक बोलपत्र आह्वान गर्दा आवेदन नपरेपछि पुनः १७ दिने सूचना निकालिएको हो । 

maya metro hospital

पहिलो पटक नगरपालिकाले साउन १८ गते १ महिने समय राखेर विद्युतीय बोलपत्र आह्वान गरेको थियो । उक्त समयमा कुनै आवेदन नपरेपछि पुनः आइतबार बोलपत्र आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताएका छन । 

नगरपालिकाले दोस्रो पटक बोलपत्र आह्वान गर्दा न्यूनतम बोलपत्र रकम भने यथावत राखिएको छ । नगरपालिकाले खुटिया नदी न्यूनतम बोलपत्र रकम ८ करोड ७६ लाख, ७ हजार ७२८ रुपैयाँ राखिएको छ भने खौराना र गोदावरी नदी न्यूनतम बोलपत्र रकम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ राखिएको छ । 

attariya hospital

गोदावरी नगरपालिकाको नदीजन्य पदार्थ संकलन रोयल्टी मुख्य आयश्रोत भएपनि ठेकेदार पाउन भने समस्या झेल्दै आएको छ । गत आर्थिक वर्षमा पनि ८ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि नगरपालिकाले आफै कर्मचारी परिचालन गरेर रोयल्टी संकलन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.