शिशुलाई उखुबारीमा बाँधेर फरार भएकी महिला पक्राउ

धनगढी – एक वर्षकी छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी २७ वर्षीया शर्मिला चौधरी पक्राउ परेकी छन् । प्रहरीले बेलडाँडी गाउँपालिका ३ बैवाहाबाट उनलाई पक्राउ गरेको हो ।

maya metro hospital

कञ्चनपुरको पुनर्वास नगरपालिका २ अमरैया माइतीघरमै बस्दै आएकी २७ वर्षीया शर्मिला चौधरीलाई प्रहरीले शनिबार बेलडाँडी गाउँपालिका ३ बैवाहाबाट पक्राउ गरेको हो । शुक्रबार बिहानै दुधे शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर शर्मिला परपुरुषसँग भाग्न लागेकी थिइन् ।

उखुबारीमा हात बाँधेर छोडेकी शिशु रुन थालेपछि स्थानीय महिला सन्तोषी चौधरीले बच्चा कराएको सुनेपछि प्रहरीलाई खबर गरेका थिइन् । शुक्रबारै प्रहरीले बालकका मामाघरका आफन्तलाई शिशु जिम्मा लगाएको थियो ।

attariya hospital

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्मिलाले तेस्रो विवाह गर्नका लागि शिशुलाई छोडेको खुलेको छ । शर्मिलाको शिशु र ६ वर्षको अर्को सन्तान रहेको प्रहरीले जनाएको छ ।

बालकलाई प्रहरीबाट मामाघरकी हजुरआमाले बुझेर लगेको बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए । शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन् । केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन् ।

शर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर चौधरीसँग विवाद भएपछि शर्मिला बेलडाँडी ३ वैवाहका प्रेम डगौरासँग भाग्न लागेकी थिइन् ।

शिशुका कारण श्रीमानसँग रातदिन झैझगडा हुन थालेपछि उनी सामाजिक सञ्जाल फेसबुकमार्फत वैवाहका प्रेम डगौरासँग भागेर विवाह गर्न लागेकी थिइन् । शर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उता आफ्नै कोखबाट जन्मिएको बच्चालाई यसरी शिशुलाई अमानवीय रूपमा उखुबारीमा छाडेर परपुरुषसँग भाग्ने महिलामाथि कानुनी कारबाहीको माग स्थानीयले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.