गोदावरीमा रोकिएको वडा भवन निर्माणको काम भोलिदेखि सुरु गरिने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ को वडा कार्यालय भवन निर्माणको काम भोलिदेखि सुरु गरिने जनाइएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले रोकिएको भवन निमार्णको काम भोलिदेखि सुरु गरिने जनाइएको हो ।

maya metro hospital

नगरप्रमुख विरेन्द्र भट्टले भवन निर्माणका लागि मुख्यमन्त्री, वनमन्त्री, भौतिक पुर्वाधार मन्त्री लगायतका वन संग सम्बन्धिक कार्यालय संग समन्वय गरेर काम अगाडी बढाउन लागिएको बताए । उनले नगरपालिका संग जग्गा पनि नभएको र किन्न सक्ने अवस्था पनि नभएकाले सार्वजनिक क्षेत्रमा वडाको प्रशासकीय भवन निर्माण गर्न लागिएको बताए ।

‘स्थानीयको आवश्यकताका आधारमा ठाउँ छनोट गरी भवन निर्माणको काम अगाडी बढाइएको हो’ उनले भने ‘अन्य वडाका भवन पनि बनाउनु पर्ने छ । जग्गा किनेर भवन बनाउन सकिने अवस्था छैन । हामीले यसरी नै अन्य वडाका पनि भवन बनाउनु पर्ने हो । यसमा सबैको सहयोग आवश्यक पर्छ ।’ उनले वडाको भवन वनको खालि क्षेत्रमा निर्माण भइरहेको बताए ।

attariya hospital

यसअघि सामुदायिक वन भित्र भवन निर्माण गर्दा सव–डिभिजन वन कार्यालय अत्तरियाले निर्माणको काम रोकेको थियो । सो क्रममा निर्माणमा खटिएका केही मजदुरलाई समेत वन कार्यालयले पक्राउ गरेको थियो । वनले भदौ ८ गतेदेखि भवन निर्माणको काम रोकेको छ ।

उक्त स्थानमा भवन निर्माणका लागि नगरपालिकाले पिके कन्सट्रक्सन संग ८७ लाख ४४ हजार ३ सय ६७ मा ठेक्का सम्झौता गरेको छ । २०८० जेठ ३१ गते भएको सम्झैता अनुसार भवन निर्माणको काम २०८० चैत १५ गतेभित्र सक्नुपर्ने छ ।

भवन निर्माणका लागि नगरपालिकाले मौजुदा कोष सञ्चालन निर्देशिका २०७५ बमोजिम जिल्ला समन्वय समिति धनगढीको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा १ करोड ३८ लाख लागत अनुमान गरेर वडा कार्यालयको भवन बनाउन २०७९ चैत २९ गते विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो ।

वसन्तपुर सामुदायिक वन क्षेत्रमा भवन निर्माणका लागि सर्वदलीय सर्वपक्षीय भेलाबाट निर्णय गरिएको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन । आइतबार पत्रकार सम्मेलनमा पनि यस क्षेत्रमा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि र वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.