अत्तरिया – कैलालीको अत्तरियामा घरको बरान्डामा राखेको मोटरसाईकल चोरी भएको छ । अत्तरियास्थित मेरी स्टोप सेन्टर रहेको घरको बरान्डामा राखिएको घनश्याम बुढाको सुपप्र ०१०११ प ९१३ नम्बरको मोटरसाईकल चोरी भएको हो ।


यही असोज ३ गते राती १०ः२३ बजे बाउन्ड्री भित्रको बरान्डामा राखिएको एनएस २०० सिसिको बाईक चोरी भएको बुढाले बताए । उनले बाउन्ड्रीमा ताला नलगाएको मौका छोपेर बाइकको लक तोडेर चोरले आफ्नो बाईक चोरी गरेको बताए ।

उनले आफुले चोर पत्ता लगाउनका लागि प्रहरीमा निवेदन दिईसकेको र अरु कसैले देखेमा पनि सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरेका छन । यता इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गणेश बरालले मोटरसाईकल चोरी भएको निवदेन इलाकामा आउने वित्तिकै प्रहरीले खोजी कार्य सुरु गरेको बताएका छन ।

उनले सिसिटीभिमा देखिएको हुलियाको आधारमा अनुसन्धान भैरहेको बताए । उनले रातीको समय भएकाले सिसिटीभिमा समेत हुलिया राम्रो सँग नदेखिका केही समस्या भएको बताए ।