अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिकै से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको हो ।

maya metro hospital

मोटरसाइकलमा पछाडी सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.