कैलालीको भासुमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

 

धनगढी– कैलालीको भासु भीर क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको छ। चुरे गाउँपालिका – ५ स्थित भासुक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट बुडरतर्फ जाँदै गरेको से प ८७२१ मोटरसाईकल आफैं अनियन्त्रित भएर भासु क्षेत्रमा खसेको हो। दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका१ बस्ने १९ वर्षीय भीबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्।

अहिले उनीहरूको पदमा अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको बताइएको छ। मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.