धनगढीबाट ७ जुवाडे पक्राउ

अत्तरिया – कैलालीको धनगढीबाट ७ जुवाडे पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – २ चौराहाबाट ७ जुवाडे पक्राउ परेका हुन ।

Karma Consultancy

जुवाडेहरुको साथबाट १ लाख ६४ हजार ३ सय ८० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनिहरुलाई स्थानीय आनन्द केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

citizen security services

पक्राउ पर्नेमा केसी सहित बाजुरा हिमाली गाउँपालिका – ४ का  ३७ वार्षिय चक्र मल्ल,  धनगढी उपमहानगरपालिका ४ का ५० वार्षिय दिपेन्द्र भण्डारी, धनगढी उपमहानगरपालिका –  १३ का ३९ वार्षिय रमेश खड्का, गोदावरी नगरपालिका – २ का ३० बर्षिय अम्मर बिष्ट, धनगढी उपमहानगरपालिका – ३ का ५० बर्षिय मन्नामे बिष्ट र  बझाङ दुर्गाथली गाउँपालिका – ४ का ३५ बर्षिय ऐन भण्डारी रहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.