बैतडीमा एक युवती मृत फेला

बैतडी – बैतडीमा एक युवती मृत फेला परेकी छिन । दोगडाकेदार गाउँपालिका–७ बुदीलमा १९ वर्षीया चन्द्रा विष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

maya metro hospital

दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टका अनुसार शुक्रबार दिउँसो १ बजेतिर घरभन्दा डेढ सय मिटरको दूरीमा रहेको विद्युत्को पोलमा चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

सनातन धर्म माध्यमिक विद्यालय खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्टको मृत्युको कारण भने खुलिनसकेको उनले बताए । घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.