गोदावरीबाट ५ जुवाडे पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटाबाट ५ जुवाडे पक्राउ परेका छन । बिहिबार स्थानीय लोक बहादुर खड्काको पसलमा जुवा खेलिरहेको अवस्थामा ३ गड्डी ताश र नगद २० हजार ५७० रुपैयाँ सहित ५ जना पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा स्थानीय ५५ बर्षिय मनिराज महता, ५२ बर्षिय अर्जुन खत्री, ४२ बर्षीय राम बहादुर बोहरा, ३७ बर्षिय तेज बहादुर खड्का र गोदावरी नगरपालिका १ बस्ने ४० बर्षिय लोकेन्द्र नाथ रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.