कञ्चनपुरमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएका एक शिशुको उद्धार

कञ्चनपुर – उखुबारीमा हात बाँधी अलपत्र छोडिएको अवस्थामा कञ्चनपुरमा एक शिशुको उद्धार गरिएको छ । करिब एक÷डेढ वर्ष उमेरको देखिने शिशुलाई कञ्चनपुरको बेलौरी नगरपालिका – ७ स्याली खोला नजिकै उखुबारीबाट उद्धार गरिएको हो ।

maya metro hospital

हात बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयहरूले शिशुको उद्धार गरेका हुन् । सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको शिशुको हात दोपट्टाले बाँधिएको थियो ।

शिशुको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ । शिशुका अभिभावकको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.