पानीको तालमा डुबेर मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दक्षिणतर्फ सीमा जोडिएको भारतको टिल्ला गाउँमा मजदुरी गर्दै आएका एक नेपाली नागरिकको पानीको तालमा डुबेर मृत्यु भएको छ ।

maya metro hospital

कञ्चनपुरको बेलौरी नगरपालिका – ७ टेडिया घर भई सीमावर्ती भारतीय टिल्ला नम्बर ४ अमरजित सिंहको घरमा काम गर्दै आएका ३५ वर्षीय कुल बहादुर शाहको डुबेर मृत्यु भएको हो ।

मंगलबार साँझ घर जान्छु भनी त्यहाँबाट नेपालतर्फ आएका शाह घर नपुगेपछि खोजी गर्दा बुधबार तालको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको पारिवारिक श्रोतले जनाएको छ ।

attariya hospital

उनको शव परीक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.