टीकापुर घटनाका तीन कैदी रिहा

धनगढी – कैलालीको टीकापुर घटनामा संलग्न रही कारागारमा रहेका तीन जना कैदी रिहा भएका छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीमा पक्राउ परी कारागारमा रहेका तीन जनालाई संविधान दिवस, २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको आममाफी सहित रिहा गरिएको हो ।

maya metro hospital

रिहा हुनेमा टीकापुर नगरपालिका– ३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस– ४ का प्रदिप चौधरी र हरिनारायण चौधरी रहेका छन् ।

उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली– ४ का प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरीलगायत प्रदेशसभा सदस्य र नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताले कारागारमै पुगेर भेटघाट तथा स्वागत गरेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.