कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा नगरस्तरीय कभर्ड हल निर्माण गरिने भएको छ । कभर्ड हलको मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख रणबहादुर महराले शिलान्यास गरेका हुन ।


नगरपालिकाको वडा नम्बर १० मा निर्माण गरीने उक्त कभर्ड हल २८.४५ मिटर लम्बाई र १७.९५ मिटर चौडाई हुने जनाइएको छ ।

कभर्डहल निर्माणको लागि नगरपालिकाले २ करोड ३४ लाख ८८ हजार १०१ रुपैयाँमा एसएनएस जय लक्ष्मी जेभी नेपालगंज बाँके संग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २०८१ असार १५ गते भित्र निर्माणको काम सकिनुपर्ने नगरपालिकाले जनाएको छ ।
